खो खो विश्वकपको उपविजेता भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदै

हेटौंडा टुडे
७ माघ २०८१, सोमबार १२:०८

खो खो विश्वकपको पहिलो संस्करणमा उपविजेतामा सिमित भएको नेपाली टोली सोमवार स्वदेश फर्किंदैछन । भारतको नयाँ दिल्लीमा भएको महिला र पुरुष दुवैको फाइनलमा नेपाली टोली भारतसँग  पराजित हुँदै उपविजेतामा सीमित भएको हो।

नेपाली टोली आज साँझ ३ः४५ बजे स्वदेश आइपुग्नेछ। नेपाली टोलीलाई बाजागाजासहित भव्य स्वागत गर्ने तयारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले जनाएको छ। राखेप सदस्यसचिव टंकलाल घिसिङले  खेलकुद विकास नियमावली २०७९ अनुरुप नेपाली टोलीले नगद पुरस्कार पाउने उल्लेख गरे। हाल पुरस्कार घोषणा लागि खेलाडी पर्खनुपर्ने अवस्था नरहेको र खेलाडीको सफलतासँगै कानुनी व्यवस्थाअनुरुप नै पाउने घिसिङको भनाइ छ।

आईतवार भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्टेडियमा भएको फाइनलमा पुरूष टोली घरेलु टोलीसँग ५४–३६ ले पराजित भएको थियो ।त्यसअघि महिला टोलीले पनि भारतसँग ७८–४० ले पराजित भएको थियो । नेपालको पुरुष टोली यस विश्वकपमा दोस्रो पल्ट भारतसँग पराजित भएको हो । लिगचरणमा पनि नेपाल भारतसँग ४२–३७ को प्रतिष्पर्धात्मक रूपमा पराजित भएको थियो ।

फाइनलमा भने नेपालले खासै चुनौती दिन सकेन । नेपाली महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*