फलफूल र तरकारीले हाम्रो शरीरलाई धेरै प्रकारका भिटामिन र खनिज प्रदान गर्छ। स्वस्थ फलफुल र तरकारीले विभिन्न प्रकारका रोग सगं लड्ने क्षमता समेत प्रदान गर्छन्। तर, यी खाद्य वस्तुहरू राम्रोसँग सफा नगरी खाइयो भने तिनमा रहेका कीराहरूले शरीरलाई हानी पुर्याउन सक्छन्। धेरै मानिसलाई लाग्छ कि पानीले धोएपछि फलफूल र तरकारीको फोहोर हटिसक्छ। तर, कीरा र विषादी पानीले मात्रै हट्दैनन्। यी आँखाले देख्न नसकिने तर, खतरनाक हुन्छन्। यस्ता कीराहरू निकै खतरनाक हुन्छन् र पेटमा गएर गम्भीर समस्या सिर्जना गर्छन्। यस्तो अवस्थामा फुड प्वाइजनिङ हुन सक्छ । जसले लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने समस्या उत्पन्न गर्छ।
विशेषज्ञहरूले यसलाई सही तरिकाले सफा गर्ने उपाय बताइएको छ। जानीराखौं :
यी खाद्य वस्तुहरूमा हुन्छ बढी फोहोर
अंगुर
आरु
स्ट्रबेरी
पालुंगो (अन्य सागपातहरु)
केरा
स्याउ
फलफूल र तरकारी सफा गर्ने सही विधि:
१. एक भाँडोमा मनतातो पानी लिनुहोस् र त्यसमा थोरै बेसार मिसाउनुहोस्।
यो मिश्रणमा फलफूल वा तरकारीलाई डुबाएर राम्ररी मोल्नुहोस्। यसले खतरनाक ब्याक्टेरिया र किटाणुहरूलाई नष्ट गर्छ।
२. ४:१ को अनुपातमा पानी र स्याउको सिरका (एप्पल साइडर भिनेगर) मिसाउनुहोस्। यदि ४ गिलास पानी लिँदै हुनुहुन्छ भने १ गिलास स्याउको सिरका मिसाउनुहोस्। यस घोलमा फलफूल वा तरकारीलाई १० मिनेटसम्म डुबाएर राख्नुहोस्। यसले सबै फोहोर हटाउँछ।
३. यदि माथिका विधिले पनि तपाईं सन्तुष्ट हुनुहुन्न भने, थप एक कदम लिन सक्नुहुन्छ। २ कप पानीमा १ चम्चा बेकिङ सोडा मिसाउनुहोस्। फलफूल वा तरकारीलाई यसमा १० मिनेटसम्म डुबाएर राख्नुहोस्।
४. तेस्रो तरिका चाहिँ पित्त हुने मानिस, छालाको एलर्जी वा एक्जिमाका बिरामीले गर्नु हुँदैन। बाँकी सबैले तेस्रो स्टेपपछि फलफूल र तरकारीलाई फेरि मनतातो पानीले धोउनुहोस्। यसपछि कुनै पनि फोहोर वा हानिकारक तत्व बाँकी रहँदैन।
थप जानकारीका लागि सधैं चिकित्सकसँग परामर्श गर्नुहोस्।