अमेरिकी राष्ट्रपति ट्रम्पले जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा गरे हस्ताक्षर

हेटौंडा टुडे
८ माघ २०८१, मंगलवार ११:४७

डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् ।

शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना रहेको बताएका छन् । राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । ट्रम्पले आफ्नो वैदेशिक र अन्तरिक्ष नीति तथा प्रतिबद्धताबारे पनि उल्लेख गरे । उनले वैदेशिक क्षेत्रमा नाटकीय कदम चाल्ने प्रतिबद्धता जनाए ।

त्यस्तै  आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू उनले हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ ।

डोनाल्ड ट्रम्पले  जन्मकै आधारमा अमेरिकी नागरिकता पाउने व्यवस्था हटाउने आदेशमा हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*