मकवानपुर–काठमाडौं जोड्ने दुई सडक आयो पुनः संचालनमा

हेटौंडा टुडे
८ माघ २०८१, मंगलवार १४:०८

मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनः संचालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक पूर्ण रुपमा संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।

थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरिभन्ज्याङ खण्ड गत पौष ७ गतेदेखि पूर्ण रूपमा आवागमन बन्द गरेको थियो । तर, स्थानीय बासिन्दाको समस्याप्रति बेवास्ता गर्दै विकल्प बिना सडक बन्द गरिएको भन्दै नागरिक स्तरबाट विरोध जनाएपछि केही दिन पश्यात सो सडक बिहान र बेलुकाका लागि मात्रै खुल्ला गरिएको थियो । सो सडक पूर्ण रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधान संचालन भइरहेको छ । हेटौंडाबाट काठमाडौं जाने सवारी सिस्नेरीतर्फबाट र काटमाठौंबाट हेटौंडा आउने सवारी साधान फाखेलबाट संचालन भइरहेको छ । दुबै सडकखण्डमा हाल स्तरोन्नतिको कार्यहरु भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*