साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा पाँच अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५ .०८ अङ्कले बढेर २६१३.०८ को विन्दुमा पुगेको छ ।
मंगलबार ३११ कम्पनीका ६९ हजार ८४० पटकको कारोबारमा १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब १९ करोड १ लाख ४१ हजार ८९१ रुपैयाँ रहेको छ । १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये पाँच उपसमूह घट्दा अन्यमा हरियाली छाएको छ । आज सीइडीबी होल्डिङ्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन्
सेयर गर्नुहोस्