नालीमा घोप्टो परेको अवस्थामा एक व्यक्ति मृत भेटिए

हेटौंडा टुडे
१० माघ २०८१, बिहीबार ११:००

 हेटौंडा। मकवानपुरको हेटौंडामा बुधबार  साँझपख तीर एक व्यक्ति मृत भेटियको छ । हेटौडा -०९ लामसुरे स्थितमा रहेको सिमेन्ट फ्याक्ट्रिको मोडको नालामा एक व्यक्ति मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । मृत अवस्थामा फेला परेका व्यक्ति  हेटौंडा १३ बस्ने वर्ष अन्दाजी ६०/६२ वर्षीय मिन बहादुर बल रहेको जनाइएको छ। घोप्टो परी मृत  अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image