हेटौडा । मकवानपुरगढी गाउँपालिका( वडा नम्बर २ स्थित ऐतिहासिक गढीमा आज २६२ औं विजय उत्सव मनाइएको छ । नेपाली गोरखाली सेनाले पहिलो पटक विदेशी सेनालाई पराजित गरेको दिनको स्मरण गर्दै मकवानपुरगढीमा आज विजय उत्सव मनाईएको हो ।विदेशी फौजमाथि विजयप्राप्त गरेको खुशीयालीमा विजय उत्सव मनाउने गरिन्छ ।
विजय उत्सव कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंहलामाले एउटा मकवानपुर जिल्लामा मात्र नभई देश मानै परिचय बनाएको र ईतिहास बोकेको ठाउ भएकाले यसलाई प्रवर्धन गर्न सक्यो भने मात्र पर्यटक बढने र आम्दानी पनि बढने बताउनु भयो ।
मुख्यमन्त्री लामाले देशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको मकवानपुरगढी दरवार क्षेत्रको संरक्षण एवम् प्रर्बद्धनका लागि मास्टर प्लान बनाएर लैजानुपर्ने बताउँदै मकवानपुरगढीमा इतिहासबारे जानकारी दिने र आएका पर्यटकलाई भुल्याउने प्रकृतिका काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मकवानपुरगढी गाउपलिका भित्र उत्पादन भएका रैथाने परिकारहरुको पनि कृषि मेला प्रदर्शनी गरिएको थियो । जसमा रैथाने बालि खाध्य परिकार संगै रैथाने परिकारको बिक्रि वितरणको लागि छुट्टै स्थानको व्यवस्थापन पनि गरीएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ठ, मध्यपृतना हेटौंडाका निमित्त पृतनापति सुवासजंग थापा, गोरखबहादुर गणका गणपति निरन्जन धामी, गाउपलिकाका प्रमुख प्रसासकीय अधिकृत सुदन लामिछाने , आठ वटा वडाका वडा अध्यक्ष , कार्यकापालिका सदस्य , लगायतको आतिथ्यता रहेको थियो ।
सम्पादकिय : २६२ औं विजय उत्सव हुनुपर्नेमा २५७ भएकाले सच्याइएको छ