हेटौडा । ऐतिहासिक मकवानपुरगढी दरवारमा २६२ औं विजय उत्सवको अवसर पारेर आज रैथाने बालि खाध्य परिकार मेला प्रदर्शनी सम्पन्न गरिएको छ । मेला प्रदर्शनीमा रैथाने बाली संरक्षण र प्रवर्धनका लागि कृषि विकाश साखा मकवानपुरगढीले परिकारको प्रदर्शनी गरिएको हो ।
कृषि शाखा मकवानपुरगढीका प्रमुख गोपाल लम्सालले पालिका सबै वडामा उत्पादन हुने रैथाने बालीको परिकारको आज एकदिने प्रदर्शनी गरिएको बताउनु भयो ।
स्थानीयले रैथाने बालीका अन्न लगाउन कम भएका बेला यसको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि परिकारको प्रदर्शनी गरिएको हो र नया पुस्तामा रैथाने बालीबाट बनेका परिकारको स्वाद हराउदै गएको र यसको बारेमा जानकारी संगै स्वास्थ्यको हिसाबले पनि राम्रो भएकाले रैथाने बालीहरुको परिकारहरु बिक्रि वितरण संगै, फापर, कोदो, कागुनोको, अमला , टिमुर , तरुल , पिडालु , भटमास , तिते फापर ,बिभिन्न खाले गेडागुडीहरु ,कोदोको सेल , बिस्कुट जस्ता परिकार तयार पारी प्रदर्शनी गरिएको उहाँले बताउनुभयो ।
मकवानपुरगढ़िमा उत्पादन हुने रैथाने बालीका परिकारहरू हेटौडा बजार र बजारका केहि होटलमा महँगोमा बिक्री हुने तर यसको उपभोग गर्ने मानिसको संख्या धेरै मात्रामा घटेका कारण उत्पादन बढाउन पनि यो प्रदर्शनी गरिएको लम्साले बताउनुभयो । प्रदर्शनीमा कोदोको सेल, कोदोको बिस्कुट , फापरको पकौडा, कागुनोको सेलरोटी, कागुनोको खिर, फर्सीको खिर कोदोको पुवा, फापरको रोटी, फापरको पकौडा र पिसालु राखिएको थियो ।
प्रदर्शनीमा राखिएका परिकार चाख्दै बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिह लामाले यति मिठो परिकार तयार हुने रैथाने बालीको उत्पादन घट्नु सकारात्मक पक्ष नभएको बताउनुभयो । उहाँले यी रैथाने बालीको उत्पादन वृद्धि गर्न र यसको बजारको सुनिश्चित गर्न प्रदेश सरकारले ठोस कार्यक्रम ल्याउने बताउनु भयो । साथै रैथाने बालीलाई नेपाली बजारसम्म पुराउन सके किसानहरू यसको उत्पादन वृद्धिमा लाग्ने बताउनु भयो ।