फाखेल मातातीर्थ सडकखण्ड डेढ महिना बन्द हुने

हेटौंडा टुडे
४ फाल्गुन २०८१, आईतवार १७:४६
संकेतिक तस्बिर

 हेटौडा । हेटौंडा काठमाडौं छोटोदुरीको सडक खण्ड मध्ये फाखेल हुँदै चखेल मातातीर्थ सडक खण्ड करिब डेढ महिना बन्द हुने भएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले सूचना जारी गर्दै आज आइतबारबाट चैत्र २१ गतेसम्म सडक बन्द हुने जनाइएको छ ।

सडकको मोडहरुमा सडक ढलानको कार्य गर्नुपर्ने भएकाले चैत्र २१ गते सम्म सडक बन्द रहने वडा अध्यक्ष दुतराज तितुङले बताउनुभयो । वडाको महालक्ष्मी दोभान घट्टेखोला चखेल हुँदै मातातीर्थ जोड्ने सडक अन्तरगत देउराली मातातीर्थ खण्डमा सडक निर्माणको काम भएकाले बाटो बन्द रहेको अध्यक्ष तितुङले बताउनुभयो ।

पछिल्लो समय हेटौंडा काठमाडौं छोटोदुरी सडक खण्डमध्ये यस सडक सबैको रोजाईमा परेको छ । सडक निर्माणका साथै सडक स्तरोउन्नतीको कार्य भएकाले आवातजावत बन्द गर्नुपरेको उहाँले भनाइ रहेको छ । उहाँले सवारी साधन चालकहरुले डेढ महिना अब फाखेल(दक्षिणकाली कि कुलेखानी(मार्खु चित्लाङ चन्द्रागिरीतर्फको सडक प्रयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image