पिसाव गर्न जादा मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु

हेटौंडा टुडे
८ फाल्गुन २०८१, बिहीबार १०:०२

हेटौडा । मकवानपुरमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–५ नलिबन बस्ने ३२ वर्षिय राज कुमार पाख्रिन भीरबाट लडेर मृत्यु भएको मकवानपुर प्रहरी जनाएको छ । थाहा नगरपालिका वडा नम्बर–८ दामगढी स्थित माईला ससुरा अमर बहादुर थिङको छोरीको बिवाहको भोज खाई फर्कदै गर्दा थाहा ७ भट्टीडाँडा स्थित एक खाजाघर पछाडी पिसाव गर्न गएको अबस्थामा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शब पोष्टमार्टमको लागी हेटौडा अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image