हेटौंडा सानोपोखरामा छतबाट खस्दा एक जनाको मृत्यु

हेटौंडा टुडे
९ फाल्गुन २०८१, शुक्रबार १७:५२

हेटौंडा। हेटौंडामा घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखरामा घरको छतबाट खस्दा एक पुरुषकोमृत्यु भएको हो ।

आज बिहान हेटौंडा ५ स्थित सानोपोखराका हरी लामीछानेको घरमा केही दिन देखि बस्दै आएका चितवन कालिका नगरपालिका वडा नम्बर ६ खोलेशिमल बस्ने अन्दाजी ६० वर्षीय गोबिन्द अधिकारी घरको छतबाट खस्दा मृत्यु भएको हो ।

छतबाट खसेर घाइते भएपछी उपचारका लागि भरतपुरमा लगिएको र उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image