५ किलो १० ग्राम लागु औषध गाँजा सहित १ जना पक्राउ

हेटौंडा टुडे
९ फाल्गुन २०८१, शुक्रबार १८:०२

हेटौडा ।  मकवानपुर प्रहरीद्वारा ५ किलो १० ग्राम लागु औषध गाँजा सहित १ जना मानिस पक्राउ गरेको छ । मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित मनहरी खोला बगरको कच्ची सडक खण्डमा शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं ४ हरपुर बस्ने वर्ष ३३ को राज कपुर महतोको साथबाट उक्त लागु औषध गाँजा फेला परेको मकवानपुर प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताउनुभयो ।

महत्तोलाई खानतलासी गर्ने क्रममा निजले पछाडि भिर्ने झोला भित्र लुकाई छिपाई गरी ल्याइएको अवस्थामा ५ किलो १० ग्राम लाग औषध गाँजा फेला परेको र उक्त लागु औषध गाँजा बरामद गरी निजलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत हेटौडाबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image