राक्सिराङको देविथान बिधालयमा नयाँ भवनको बर्तौलाद्वारा शिलान्यास

हेटौंडा टुडे
१० फाल्गुन २०८१, शनिबार १३:२१

हेटौंडा । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका ९९ स्थित खैरानमा रहेको देविथान आधारभूत बिधालयमा नयाँ भवनको शिलान्यास भएको छ । उक्त गाउँपालिकाको खैरान स्थित सलेनीमा रहेको बिधालयमा नयाँ बन्न लागेको भवनको शुक्रबार एमाले नेता एवम मुख्य सचेतक महेश कुमार बर्तौलाले शिलान्यास गरेका हुन ।

भवनको शिलान्यास कार्यक्रममा बोल्दै मुख्य सचेतक बर्तौलाले भवन निर्माण सप्पन्न भएपछी बालबालिकाले भवन अभावले गर्दा कठिन परिस्थितिका बिच अध्ययन गर्नुपर्ने बाध्यता नरहने बताए । यस्तै बिधालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारको निम्ति आफु निरन्तर लाग्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

बिधालयको नयाँ भवन संघिय सरकार अन्तर्गत शहरी बिकास मन्त्रालयको १ करोड लागतमा सघन शहरी तथा निर्माण आयोजना चितवनले बनाउन लागेको हो । अहिले बिधालयमा १ देखि कक्षा ५ सम्म पठनपाठन हुँदै आएको भएपनि कक्षा कोठाको अभावले गर्दा सबै बिद्यार्थीहरु एउटै कक्षा कोठामा अध्ययन गर्नुपर्ने बाध्यता रहदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image