हेटौँडा–फाखेल–फर्पिङ सडक २० दिनका लागि एकतर्फी

हेटौंडा टुडे
११ फाल्गुन २०८१, आईतवार ११:२२

हेटौँडा  मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको सडक हेटौँडा–फाखेल–फर्पिङ सडकस्तरोन्नतिका क्रममा शनिबारबाट एकतर्फी गरिएको छ । हेटौँडा–फाखेल–हुमानेभञ्ज्याङ आयोजनाको मकवानपुर जिल्लाअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको कलङ्कीदेखि महालक्ष्मीखोलासम्म सडक ढलानका क्रममा उक्त सडक खण्डमा सवारी साधनको आवागमन एकतर्फी गरिएको प्रदेश पूर्वाधार विकास कार्यालय, मकवानपुरले जनाएको छ ।

उक्त कार्यालयका कार्यालय प्रमुख सुजन भण्डारीले सडक ढलानका क्रममा सवारी साधनको अत्यधिक चापका कारण निर्माण कार्य सहजरुपमा हुन नसकेको र सवारी साधन जाम भई यात्रुले समेत सास्ती भोग्नु परेको कारण एकतर्फी सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिएका छन।सवारी साधन जाम भई यात्रुले समेत सास्ती भोग्नु परेको छ । साथै चैतको २१ गतेसम्म उक्त सडक हुँदै आउँने जाने सवारी साधनको आवागमन बन्द रहने जनाएको छ ।

यस्तै हेटौँडा–काठमाडौं जोड्ने छोटो दूरीको मार्ग कुलेखानी–फाखेल–फर्पिङ सडकको मकवानपुर र काठमाडौंतर्फको भागहरुमा पनि बागमती प्रदेश सरकारको लगानीमा सडक कालोपत्रेलगायत स्तरोन्नतिको कार्यहरु भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image