महिलाहरूले किन गुलाबी रङ धेरै रुचाउँछन् त ?

हेटौंडा टुडे
११ फाल्गुन २०८१, आईतवार १६:५५

हरेक रङकोआफ्नै छुट्टै कुनै न कुनै अर्थ हुन्छ । त्यसैगरी ज्योतिष शास्त्रका अनुसार पनि रङको राशिफलसँग पनि गहिरो सम्बन्ध हुन्छ भनिएको छ। यतिमात्र होइन, रङले मुडलाई पनि असर गर्छ।

उदाहरणका लागि, सेतो रङलाई शान्तिको रङ मानिन्छ । त्यसैले शोकको वातावरणमा सेतो रङको प्रयोग गरिन्छ। त्यसैगरी हरियो रङलाई खुसीको प्रतीक मानिन्छ। साथै रातो रङलाई क्रान्ति, ऊर्जा र परिवर्तनको रङ मानिन्छ। सबै रङहरू मध्ये, सबैभन्दा सुन्दर अर्थ गुलाबी रङसँग सम्बन्धित छ। गुलाबी रङलाई लजालु र नम्रताको रङ मानिन्छ। गुलाबी रङको महिलासँग गहिरो सम्बन्ध छ। यही कारणले गर्दा महिला लजाउँदा गाला गुलाबी भएको उदाहरण पनि दिन सकिन्छ । गुलावी रङ को कपडा लगाउदा पनि महिलाहरु निकै सुन्दर देखिन्छन ।

त्यसैकारण गुलाबी रङको पोसाकलाई सधैँ रुचाइन्छ। तर, गुलाबी रङको अर्थ यतिमा मात्र सीमित छैन। समयसँगै यसको अर्थ परिवर्तन भएको छ ।कुनै समय गुलाबी रङलाई दोधारे तरबार भनिन्थ्यो। गुलाबी शब्द लन्डन अन्डरवर्ल्ड व्यापकरूपमा प्रयोग भएको पाइन्थ्यो । कहिले र कसरी गुलाबीको छवि परिवर्तन भयो भन्न गाह्रो छ । तर, अठारौँ शताब्दीमा यसलाई सुन्दरता व्यक्त गर्ने रङहरूको सूचीमा समावेश गरिएको थियो। जब यो रङ पुरातन समयमा कलाको क्षेत्रमा प्रयोग हुन थाल्यो, यसको कारण कलाको रूप नै परिवर्तन भयो।

साथै अमेरिकी कलाकार फिलिप गुस्टनले बजारमा यो रङको राम्रो प्रयोग गरेका छन्। गुलाबी रङको बार्बी डलले संसारभरका घरघरमा आफ्नो स्थान बनाएको छ। धेरै थरीका परिणामहरूले पत्ता लगाए कि गुलाबी रङले धेरै क्रोधित व्यक्तिहरूको मुडलाई शान्त पार्छ। त्यसैले अहिले गुलाबी रङ मिठास र विद्रोहको प्रतीक बनेको छ।

यो रङ दया र इमानदारी को प्रतीक हो। यसले मनमा आनन्दको अनुभूति पनि गराउँछ । गुलाबी रङले चिन्ता कम गर्छ र सकारात्मक ऊर्जा भर्छ । केही मानिसहरू यो रङ देख्दा ताजा र सकारात्मक महसुस गर्छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image