एनसेलको फ्ल्यास सेल अब हरेक आइतबार खल्तीमा

हेटौंडा टुडे
१२ फाल्गुन २०८१, सोमबार १४:२४

 हेटौंडा । एनसेलले खल्तीसँगको साझेदारीमा आफ्ना ग्राहकहरुका लागि खल्ती एपमा पनि फ्ल्यास सेल अफर ल्याएको छ । यसअन्तर्गत अब हरेक आइतबार खल्तीबाट प्याकहरु किन्दा ग्राहकहरुले बोनस डेटा, टक टाइम पाउनुका साथै आकर्षक उपहार पनि जित्न सक्छन् ।

आज आइतबार (फागुन ११)बाट सुरु भई चैत्र ९ सम्म संचालनमा रहने यो अफर अन्तर्गत बोनसका साथ सेवाको फाइदा लिन र उपहार जित्ने मौका पाउनका लागि ग्राहकले खल्तीमार्फत एनसेलका छानिएका सात प्याकहरुमध्ये कुनै एक प्याकको खरिद गर्न सक्छन् ।

कम्पनीका अनुसार यसरी छानिएका प्याकमा सधैँ अन अन्तर्गतका चार, होम एन्ड अवेका दुई वा ९९९ अनलिमिटेड रहेका छन् ।

सधैँ अनका प्याकहरूका प्याक अनुसार ग्राहकहरूले ५ जीबी, ८ जीबी वा १० जीबी डेटा बोनसका रूपमा पाउँछन् । होम एन्ड अवेका प्याक किन्दा ५ जीबी वा ७ जीबी थप डेटा बोनस पाइन्छ । त्यसैगरी, ९९९ अनलिमिटेड डेटा प्याक किन्दा ग्राहकले १०० मिनेट अन नेट टक टाइम बोनस प्राप्त गर्दछन् । यो फ्ल्यास सेल हरेक हप्ता आइतबारका दिन बोनस सुनिश्चित गर्दै खल्तीमा पनि लागु भएको हो । उदाहरणका लागि, खल्तीबाट सधैँ अन ७९९ को प्याक खरिद गर्दा प्याकमा पाइने अनलिमिटेड अल–नेट टक टाइम, ३० जीबी डेटा, ७९ अल–नेट एसएमएस बाहेक ग्राहकहरूले अब थप ५ जीबी बोनस डेटा प्राप्त गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image