कैलाशमा आज बाट अध्यक्ष कप फुटबल सुरु

हेटौंडा टुडे
१४ फाल्गुन २०८१, बुधबार २२:२३

हेटौडा । कैलाश गाउँपालिकामा आजबाट पालिका स्तरीय अन्तर वडा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ९ नामटारमा अवस्थित खेलमैदानमा गाउँपालिकाको आयोजना तथा कैलाश गाउँपालिका खेलकुद विकास समितिको संयोजक मोहन वाइवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता र उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा प्रतियोगिता गरिएको थियो ।

प्रतियोगिता सुरु हुनु अघि कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा कार्यरत कर्मचारीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको थियो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कैलाश गाउँपालिका ले १-० गोल अन्तरले विजयी भएको हो । कैलाशका रोजगार संयोजक हस्तराम नेगी गरेको गोल नै निर्णायक गोल गरेका थिए । उनले थ्रो मार्फत मैदानमा फालिएको बल गोल हुन पुगेको थियो ।

साथै आजै भएको पहिलो चरणको खेलमा वडा नम्बर १ र ७ बीच भएको थियो । खेलमा वडा ७ ले २(१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ । खेलको पाँच मिनेटमा वडा ७ का सन्तोष मुक्तानले पहिलो गोल गरेका थिए । दोस्रो हाफको १९ औँ मिनेटमा सागर चेपाङले एक गोल थप गरेका थिए । वडा १ को तर्फबाट भने शिशिर नेगीले थप गरेको २ मिनेट९२५ं२० मा एक गोल फर्काएका थिए । खेलको म्यान अफ द म्याच वडा ७ का सागर चेपाङ घोषित भए । उनलाई गाउँपालिका अध्यक्ष मुक्तानले ट्रफि प्रदान गरेका थिए । आजै भएको दोस्रो खेलमा वडा ४ पेलान्टी सुट आउटबाट विजयी भएको छ । निर्धारित समयमा १(१ गोल भएपछि खेल पेलान्टी सुट आउटमा पुगेको थियो । सुट आउटमा वडा ४ ले ५ गोल गरेको थियो भने वडा २ ले ४ गोल गरेको समितिका सदस्य रवीन्द्र थिङले बताए । उक्त खेलको म्यान अफ द म्याच वडा ४ का गोलरक्षक सबल प्रजा घोषित भए ।

 

नकआउट चरणमा खेलाईएको खेलमा विहीबार चार खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल वडा १० र ६ बीच हुनेछ भने दोस्रो खेल वडा ५ र ३ बीच हुने आयोजकले जनाएको छ । तेस्रो खेल वडा ७ र ९ बीच र चौथो खेल वडा ४ र ८ बीच हुने समितिका संयोजक मोहन वाईवाले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image