सुन सहित विमानस्थलबाट ४ विदेशी नागरिक पक्राउ

हेटौंडा टुडे
१५ फाल्गुन २०८१, बिहीबार ११:४४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीको विशेष अपरेशन अन्तर्गत ४  विदेशी नागरिक सुन तस्करीको आरोपमा पक्राउ  परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष छन् । बुधबार साँझ फ्लाई दुवईको एफजेड५७५ उडानमार्फत काठमाडौं आइपुगेका ती विदेशी नागरिकहरूलाई प्रहरीले विमानस्थलबाट बाहिरिएलगत्तै नियन्त्रणमा लिएको हो ।

विमानस्थलमा भन्सार जाँच पार गरिसकेका  नागरिकहरूलाई नेपाल प्रहरीको सादा पोशाकका टोलीले शंका गर्दै रोक्ने निर्णय गरेको थियो । प्रारम्भिक सोधपुछपछि थप अनुसन्धान गर्दा उनीहरूको साथबाट लगभग ३ किलो ७७५ ग्राम सुन फेला परेको थियो । बरामद गरिएको सुन आठ वटा टुक्रामा विभाजित अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुसअनोभ छन् ।

विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image