कैलाश गाँउपालिकाको लगानीमा निर्मित जीपलाइनको परीक्षण सम्पन्न

हेटौंडा टुडे
१८ फाल्गुन २०८१, आईतवार ११:३९

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका-२ बैकुण्ठमा निर्माण भएको कैलाश-बैकुण्ठ जीपलाइनको पहिलो चरणको सफल परीक्षण सम्पन्न भएको छ। जीपलाइनका प्राविधिक टोली सहित गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट, ईन्जिनियर अनिल जोशी लगायतको टोलीले पहिलो चरणको परीक्षण गर्नुभएको हो ।

गाउँपालिकाको आफ्नै बजेटबाट निर्माण गरिएको यो जीपलाइन नेपालकै पहिलो स्थानीय तहको लगानीमा बनेको जीपलाइन हो। गाउँपालिका राष्ट्रिय महासंघका कार्यसम्पादन समितिका सदस्य समेत रहेका अध्यक्ष मुक्तानले पर्यटन प्रवर्द्धन र वातावरणीय विकासका लागि स्थानीय तहलाई पूर्ण अधिकार दिइनुपर्ने प्रस्ताव राखेका थिए। संघीय सरकारले समेत सकारात्मक धारणा व्यक्त गरेपछि जीपलाइन निर्माण अघि बढाइएको उनले बताए। कैलाश र बैकुण्ठका दुई पहाडलाई जोड्ने गरी १२ सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ।

अध्यक्ष मुक्तानका अनुसार  पर्यावरणको विकासमा कैलाश गाउँपालिका पछि नहटेको बताउँदै जीपलाइन सञ्चालन पछि धादिङ जिल्लाको रोराङ बेनीघाट र गजुरी गाउँपालिका, मकवानपुरका थाहानगर, राक्सिराङ र मनहरी गाउँपालिकाका जीपलाइन पारखीको गन्तव्य स्थल रहने उहाँले बताउनुभयो । धादिङ सँग सिमाना जोडिएकाले जीपलाइन स्थल पुग्न बेनीघाट, थाहानगर र मनहरी बजार तीनै क्षेत्रबाट करिब ३३ किलोमिटर सडक सञ्जाल रहेको उहाँले बताउनुभयो । बैकुण्ठमा जीपलाइन सँगै विभिन्न पर्यटकीय पार्कहरु समेत निर्माण भइसकेका छन् । उक्त स्थानमा जीपलाइनका लागि फोरजी कम्पनीले आव २०७९÷८० मा एक करोड ९० लाख ९७ हजार खर्च लाग्ने भनी सवक्षर्णे गरी गाउँपालिकामा प्रतिवेदन बुझाएको गाउँपालिकाका योजना शाखा प्रमुख नरेन्द्र दत्तभट्टले बताउनुभयो । पालिकाले बहुवर्षिय योजना बनाई दुई स्थानमा स्टेशन, ब्रेकिङ सिस्टम(हारनेस) र तार निर्माण गरिएको उहाँले बताउनुभयो ।

२०८० माघमा ठेक्का प्रकाशित भएसँगै सन्ध्यानिर्माण सेवा सँग ८८ लाख ५६ हजार ७ सात६१ रुपैयाँमा २०८१ फागुन मसान्त सम्ममा सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको प्रमुखभट्टले बताउनुभयो । जीपलाइनको अघिल्लो आर्थीक बर्षमा ४८ प्रतिशत काम सम्पन्न भएको थियो भने बाकीँ अहिले सम्झौता अनुरुप काम सम्पन्न गरी जीपलाइन सञ्चालनको अन्तिम तयारीमा रहेको उहाँले बताउनुभयो । पहिलो चरणमा ब्रेकिङ सिस्टम(सोलोप) सम्बन्धी कार्यको परीक्षण भयो भने दोस्रो चरणको परीक्षण पछि सफल परीक्षण गरिने उहाँले बताउनुभयो । परीक्षणमा जीपलाइन प्राविधिक एंव प्रशिक्षक बद्री घिमिरेले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image