
हेटाैंडा । मकवानपुरको मनहरीमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारकाे डम्पिङसाइटमा सालनालसहित नवजात शिशु (छोरी)को शव फेला परेकाे मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुकाे शव फाल्नेकाे पहिचान हुन सकेकाे छैन । अन्दाजी १/२ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने जस्तो देखिएको जानकारी दिइएको छ । प्रहरीका अनुसार २० फागुन मंगलबार अपराह्न साढे ५ बजे शव भेटिएकाे हो।
शिशुको शव सालनालसहित रहेको र थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
मकवानपुरमा विगतका दिनहरुमा पनि सालनालसहितका थुप्रै शिशुको शव फेला परिसकेको छ भने फाल्ने व्यक्तिलाई प्रहरीले पत्ता लगाएर कारवाही गर्न भने सकेको छैन् ।


सेयर गर्नुहोस्