मकवानपुरगढी गाउँपालिकामा एक दिने निःशुल्क बाली उपचार शिविर हुने

हेटौंडा टुडे
२०८१ फाल्गुन २१, बुधबार २१:१५ गते

हेटौडा । मकवानपुरगढी गाउँपालिकामा बालीमा लागेका रोग तथा किरा नियन्त्रण गर्न निःशुल्क बाली उपचार शिविर आयोजना हुने भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकाश साखाले  शिविरको आयोजना गर्न लागेको हो ।

बाली उपचार शिविरमा मकवानपुर गढी गाउपलिका भित्र उत्पादन हुने तरकारी  फलफूल तथा अन्य खाध्यान्न बालीमा देखिएका रोग किरा तथा अन्य समस्याहरुको पहिचान  गरि कृषकहरुलाई उपयुक्त व्यवस्थापनका उपाएहरु उपलब्ध गराउने उधेश्यले  निःशुल्क परीक्षण सिविर हुन लागेको कृषि शाखा प्रमुख गोपाल लम्सालले बताए । शिविर यही चैत्र ०६ बुधबार वडा नंबर ६ डुम्रेकुना वडा कार्यालयको प्रागणमा विहान ११ बजे देखि साझ ५ बजे सम्म हुने लम्सालले बताए ।

शिविरमा  किसानले ल्याएका बिरुवाको बोट , हागा , जरा , पात , किरा आदि ल्याएर परीक्षण गरी रोग तथा किरा नियन्त्रण गर्ने विधिबारे  कृषि विज्ञहरुले किसानलाई परामर्श दिने छन साथै नमूनाका आधारमा रोग पहिचान गरी समाधानका उपायबारे जानकारी किसानलाई दिईने छ  ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image