घट्यो सुनचाँदीको मूल्य,आज कतिमा हुँदैछ किनबेच ?

हेटौंडा टुडे
२ चैत्र २०८१, आईतवार ११:०२

हेटौंडा ।  साताको कारोबारको पहिलो दिन आइतबार सुन रेकर्ड मूल्यबाट केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको हो ।  यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।  जसअनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य आज प्रतितालो ४०० रुपैयाँ घटेको हो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार चाँदी २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image