मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते

हेटौंडा टुडे
३ चैत्र २०८१, सोमबार १०:५१

हेटौंडा । मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् । कुलेखानी सिस्नेरी दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–३ धाराखोल्छामा काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको  भारतिय नम्बर प्लेटको यु पि ७० एन टि ६९१७ नम्बरको फोर्स गाडिको ब्रेक फेल भएर दुर्घटना  हुदाँ चार जना यात्रु घाइते भएका हुन् ।

गाडिमा १७ जना सवार मध्ये ४ जना यात्रु घाइते भइ उपचारको लागि हेटौडा अस्पातालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । घाइते सबै भारतीय नागरिक भएको जनाइएको छ। घाइते सबैको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image