सुनको मूल्य स्थिर, चाँदीको मूल्य सामान्य घट्यो

हेटौंडा टुडे
३ चैत्र २०८१, सोमबार १०:५९

हेटौंडा। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।  यसअघि आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image