
हेटौंडा । तपाईं–हाम्रो भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। प्याज सामान्यतया तरकारीमा हाल्न र सलाद बनाउन प्रयोग गरिन्छ। प्याज धेरै आवश्यक पोषक तत्त्वहरूले भरिपूर्ण छ र स्वास्थ्यको लागि धेरै लाभदायक छ। प्याजमा पानीको मात्रा धेरै हुने भएकाले चर्को घाम र उच्च गर्मीमा शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।
यसमा फ्लेभोनोइड्स, ग्लुटाथियोन, सेलेनियम, भिटामिन ई र सी जस्ता एन्टिअक्सिडेन्टहरू पनि हुन्छन्, जसले यसलाई स्वास्थ्यको लागि रामबाण उपाय बनाउँछ। प्याजमा भएकाे भिटामिन सी र फ्लेभोनोइड्स जस्ता एन्टिअक्सिडेन्टले शरीरलाई फ्री रेडिकलबाट बचाउँछ । यी फ्री रेडिकलहरूले शरीरमा सूजन र धेरै रोगहरू निम्त्याउँछन् । प्याजमा सल्फर र क्वेर्सेटिन नामक एन्टिअक्सि डेन्ट हुन्छ, जसले रगतमा चिनी र कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ । प्याजमा पाइने पोटासियमले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । प्याजमा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ । यस्मा भिटामिन सी र सिलिका छाला र कपालको लागि लाभदायक छन् । यसले कालो धब्बा, चाउरी रोक्न मद्दत गर्दछ।
प्याजमा शीतल प्रभाव हुन्छ, जसले शरीरलाई भित्रबाट चिसो राख्न मद्दत गर्छ । यसमा पानीको मात्रा धेरै हुन्छ, जसले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ । साथै, प्याजमा पोटासियम जस्ता इलेक्ट्रोलाइट्स हुन्छ, जसले शरीरमा पानी र इलेक्ट्रोलाइट्सको सन्तुलन कायम राख्न मद्दत गर्छ । त्यसैले दैनिक काँचो प्याज खाँदा गर्मी र सनस्ट्रोकको खतरा कम हुन्छ ।

