
हेटौंडा । मकवानपुगढी गा.पा. -०२ बासपानीमा एक घरमा आगलागी भएको हो। कृष्ण बहादुर दर्लामी मगरको जस्ताको छाना भएको ढुङ्गा माटोले बनेको दुई तल्ले कच्ची घरमा खोले पकाउन बालेको आगोबाट घरमा आगलागि भएको हो । आगलागीको खबर प्राप्त हुना साथ मकवानपुरबाट प्रहरी निरीक्ष्क बिरेन्द्र रायमाझीको कमाण्ड टोली गई प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा आएको प्र.रायमाझीले बताउनु भयो। त्यसैगरी आगलागि बाट घर पुर्ण रुपमा जली क्षती भएको र घरमा रहेको धान १५ मुरी, चामल १ बोरा, आलु ४ बोरा, सुनको तिलहरी, सुनको झुम्का, सुनको हातको बाला, बच्चाको कल्ली बाला गरि अं.५ तोला सुन, लत्ताकपडा र भाडावर्तन गरि दश लाख पच्चिस हजार मुल्य बराबरको क्षति भएको भनी घर धनिले जानकारी गराउनु भयो। आगलागीबाट मानविय र चौपाया क्षती नभएको मकवानपुर प्रहरीले जानकारी दिनु भएको हो।


सेयर गर्नुहोस्