
हेटौंडा। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रसिद्ध रेग्मी निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनाअनुसार ७०६ मतसहित रेग्मी अध्यक्षमा निर्वाचित भएका हुन । उनका प्रतिस्पर्धा अखिल (क्रान्तिकारी)का छोइसाङ लामाले ५०७ मत प्राप्त गरेका हुन्। लामा क्याम्पसका स्ववियु सभापति थिए ।त्यसैगरी सचिवमा नेविसंघका उत्सव ढुंगाना निर्वाचित भएका छन् । उनले ७११ मतसहित विजयी हुँदा अखिल क्रान्तिकारीका दिपेश कार्की ५४४ मतसहित पराजित हुनुभयो । कोषाध्यक्षमा अनेरास्ववियुका निर्दोष लुइटेल ७०४ मतसहित निर्वाचित हुँदा अखिल क्रान्तिकारीका अमन राय ५४४ मतसहित पराजित हुनुभयो ।
सदस्यमा अनेरास्ववियुका मनोज घलान (७८९ मत), दिवस चौलागाई (७३४ मत), उमेश चौधरी (७२५ मत) र साजिर अन्सारी (६७३ मत) तथा नेविसंघका कृषन थिङ (६३८ मत), मन्दिप थापा (६३३ मत), अतित अधिकारी (६२० मत) र विवश अर्याल (६१६ मत) निर्वाचित हुनुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा दुई हजार छ सय ९८ मतदातामध्ये एक हजार दुई सय ८१ मत खसेको थियो । छ मत बदर हुँदा एक हजार दुई सय ७५ मत सदर भएको प्रमुख निर्वाचन अधिकृत सन्देश विडारीले जानकारी दिनुभएको हो।

