सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड

हेटौंडा टुडे
५ चैत्र २०८१, बुधबार ११:०७

हेटौंडा । बुधबार पनि सुनको  मूल्यले नयाँ रेकर्ड राखेको छ ।  मंगलबारको तुलनामा बुधबार सुनको मूल्य ८ सयले बढेको हो । हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ लाख ७६ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य नेपाली बजारमा सबैभन्दा महङ्गो कायम भएको  हो ।

यस्तै चाँदीको भाउ भने ५ रुपैयाँले घटेको छ । हिजो तोलामा १० रुपैयाँले बढेर २ हजार ५० रुपैयाँ कायम भएको चाँदी आज २ हजार ४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image