विपन्नसँग अध्यक्ष कार्यक्रम अन्तरगत ७ जनाले गरे सम्झौता

हेटौंडा टुडे
६ चैत्र २०८१, बिहीबार १६:१२

 हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले सञ्चालन गरेको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७ जना किसान तथा उद्यमीले सम्झौता गरेका छन् । विहीबार गाउँपालिकामा एक अन्तरक्रिया गरेसँगै छनोटमा परेका ७ जनाले उक्त कार्यक्रममा सम्झौता गरेका हुन् । गाउँपालिकाले कार्यविधि तयारी पारेर व्यवसाय र उद्यमीका साथै कृषि तथा पशु पालन क्षेत्रमा विउपुजीँ अनुदान स्वरुप विपन्नसँग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।कार्यविधिमा तोकिएको अनुदान हामी प्रदान गर्नेछौं, दीर्घकालीन रुपमा आर्थिक पक्ष बलियो होस् भन्ने हेतुले यी कार्यक्रम सञ्चालन गरेका हौं, अध्यक्ष मुक्तानले भने ।

उनले अनुदानलाई सदुपयोग गरेर व्यवसाय वृद्धि विकास गर्नेलाई गाउँपालिकाले सम्मान समेत गर्ने बताउँदै लाभान्वितहरुलाई आउटपुट आउने गरी काम गर्न आग्रह समेत गरेका छन् । कार्यविधिमा व्यवसाय मात्र नभई विपन्न वर्गलाई उपचार, काजक्रिया लगायत अन्य क्षेत्रमा समेत सहयोग पु¥याउने गरेको अध्यक्ष मुक्तानले बताए । १६ जनाले आवेदन दिनुभएको थियो, कार्यविधिको मापदण्ड अनुसार ७ जना छनौट गरिएको महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटाले बताईन् । छनौटमा परेका मध्ये २ जना मौरी पालन, २ जना टनेलभित्र तरकारी खेती, एक\एक जना किराना, टेलर्स र कुटानी पिसानी मिलको लागि सम्झौता गरिएको सापकोटाले बताईन् । गत वर्ष भने १७ जनाले उक्त कार्यक्रममा सहभागिता जनाएका थिए ।

विउपुजीँको लागि कार्यविधिमा उल्लेख बमोजिम छनौट भएका प्रतिव्यक्ति वीस हजार अनुदान स्वरुप प्रदान गरिने गरेको सापकोटाले बताईन् । सम्झौता कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तान, प्रमुख प्रशासकीय प्रमुख अमुल श्रेष्ठ, महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा लगायत लाभग्राहीहरुको उपस्थिती रहेको थियो । सम्झौता पश्चात लाभग्राहीले कार्यविधिमा भए बमोजिम आफुले कार्यान्वयन गरिने बताएका छन् । आफ्नो व्यवसाय वृद्धिका साथै आर्थिक पक्षलाई समेत वृद्धि हुनेगरि काम गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image