एसईईमा ए प्लस ल्याउनेलाई वडाले जनही नगद रु एक लाख दिने

हेटौंडा टुडे
६ चैत्र २०८१, बिहीबार १८:२४

हेटौडा । मकवानपुरको मकवानपुरगढी गाउँपलिका वडा नम्बर – ६ ले आफ्नो वडा भित्र रहेको माद्यामिक विध्यलायाबाट अध्ययरत माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा ए प्लस ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँ दिने भएको छ । आफ्नो वडामा रहेको जनक माद्यामिक विद्यालय र जाल्पा देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि प्रोत्साहन स्वरूप  सो कार्यक्रम ल्याएको वडा अध्यक्ष कृष्ण बजगाईले बताउनु भयो ।

वडाले एसईईमाए प्लस अङ्क ल्याउने साथै  उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई मात्र एक लाख रुपैया नगद दिने निर्णय गरेको वडा अध्यक्ष बजगाईले बताए । उनले सो वडामा रहेको माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्न र पढाइप्रति थप प्रेरणा दिनका लागि यस्तो  निर्णय गरेको बताए । साथै वडाले आज  बिहिबार देखि  एसईईमा  समाबेस हुने जम्मा २३ जना विद्यार्थीलाई यातायात तथा खाजा खाना खर्च होस भन्ने हिसाबले जनही दश हजार वितरण गरेको पनि बजगाईले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image