चन्द्रागिरीको सामुदायिक बनमा भीषण आगलागी

हेटौंडा टुडे
७ चैत्र २०८१, शुक्रबार १२:२२

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ । आगलागी भएको जानकारी पाउनासाथ नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । शुक्रवार बिहानदेखि सुरु भएको डढेलो नियन्त्रणमा लिने प्रयास गरिएपनि नियन्त्रणमा आउन सकेको छैन। उक्त वनको विभिन्न ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । आगो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचाल भएका छन् । स्थानीयको समेत सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भए पनि नियन्त्रणमा आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image