हेटौंडामा महिला मैत्री शहरको अध्ययन हुँदै

हेटौंडा टुडे
७ चैत्र २०८१, शुक्रबार १२:४६

हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई महिला मैत्री शहरको रुपमा बिकास गर्नका लागि अध्ययन सुरु गरीएको छ । दुई बर्ष अघिबाट शहरी बिकास मन्त्रालयसँगको समन्वयमा नेपालका बिभिन्न नगरपालिकालाई महिला मैत्री शहरको रुपमा बिकास गर्ने काम चलिरहेपनि अहिले हेटौंडापनि समाबेस गरी अध्ययन थालिएको हो । पहिलो चरणमा ५ वटा नगरहरुलाई महिला मैत्री बनाउँने कार्यक्रम चलिरहेको समयमा पछिल्लो पटक हेटौंडा र घनगढीलाई समाबेश गरी काम अघि बढाउन खोजिएको यूएनओपीएस परियोजनाले जनाएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापन बिज्ञ चुडामणी जोशी र परियोजनाका सहयोजनाकार बर्षा श्रेष्ठको टोलीले महिला मैत्री पुर्वाधार निमार्णका लागि सम्भाबित ठाउँहरु अध्ययन गरीरहेका छन् । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, महिला मैत्री शहरका सम्पर्क व्यक्ती इन्जिनियर बिनीत ओझा सहित परियोजनाको टोलीले हेटौंडा–११ राप्ति पार्क निर्माण स्थल, हेटौंडा–१० स्थित राप्ति तल क्षेत्र, हेटौंडा ८ नगर बिकासमा रहेको खुल्ला क्षेत्रकोे अवलोकन गरेका थिए ।

परियोजना अन्तरगत पहिलो चरणमा खुल्ला सार्वजनिक क्षेत्रको पहिचान, प्राथमिकिकरण, वडहरुको रेखाङकनको काम हुने छ । परियोजनाले देशका २९३ वटै स्थानिय तहको भ्रमण र अध्ययन पछि कामलाई अघि बढाएको बताइएको छ । परियोजनाका बिज्ञ जोशीका अनुसार अहिले हेटौंडा र घनगडी बाहेक बिराटनगर, चन्द्रागीरी, सुनवल, चल्मिचौहा, तानसेन र तिलोतमा नगरपालिकामा महिला शहर निर्माणको काम भैरहेको छ । हेटौंडा र घनगढीमा सुरु हुने परियोजना ४ बर्ष सम्म चल्ले छ । परियोजना अनुसार महिलाहरुले सार्वजसनक ठाउँहरुमा महिला र शारिरीक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्ने बताइएको छ । नयाँ थपिएको दुई उपमहनगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहने छ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पाँच करोड रुपियाँ आउँने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा युरोपका बिभिन्न मुलुकको अध्ययन अवलोकन भ्रमणको समयमा महिला मैत्री शहर निर्माणका लागि उपमहानगरको तर्फबाट प्रस्ताब गरेसँगै परियोजना हेटौंडा आएको हो । परियोजना कार्यान्वयनमा आएसँगै बाहिर निस्कन नसकेको महिलाहरुलाई समाज सम्म आउँने अवस्था बन्ने नगर प्रमुख लामाले बिश्वास लिइन । उनले भनिन् ‘परियोजनाले महिलाहरुको आत्मसम्मानको बिकास, जिम्मेवार, भावनात्मक रुपमा थप बलियो बनाउँनका लागि मद्दत पुग्ने छ ।’

परियोजनाको टोलीले उपमहानगरपालिकामा कार्यक्रम कार्यान्वयनका बारेमा छलफल गरेको थियो । छलफलमा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत गौतम, बिज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णुकुमारी लामिछाने, बाताबरण महाशाखा प्रमुख सत्यदेबी अधिकारी, इज्जिनियर सुबोध थापा, उद्धब रिमालको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image