घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

हेटौंडा टुडे
९ चैत्र २०८१, आईतवार ११:११

हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको हो । आइतबार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको ५ रुपैयाँले घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image