
हेटौडा । स्ववियुले शैक्षिक गुणस्तर बृद्विकाे लागि महत्वपूर्ण भूमिका खेल्नु पर्ने र विध्यार्थीबीचमा स्ववियुलाई लाेकप्रिय र विश्वासिलाे रूपमा स्थापित गर्नुपर्ने वडा अध्यक्ष नबिन सिग्देलले बताउनु भयाे । ४ नं. वडा कार्यालयद्वारा आयाेजित हेटाैँडा उपमहानगरपालिका भित्रका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसकाे पूर्व सभापति समेत रहेका वडा नम्बर ४ का अध्यक्ष् सिग्देलले स्ववियुले रचनात्मक क्रियाकलापद्वारा विध्यार्थीकाे चाैतर्फी विकास र शैक्षिकस्तर माथी उठाउन ध्यानदिन पर्नेमा जाेड दिनुभयाे । उहाँले स्ववियुकाे शुरूवात निरंकुश पंचायति व्यवस्था विरूद्व विध्यार्थीले आवाज उठाउने क्रममा भएकाे स्मरण गर्दै विध्यार्थीहरू सधै लाेकतन्त्र र परिवर्तनकाे पक्षमा रहेकाे र बताउँनु भयाे ।
निरंकुशता र लाेकतन्त्रबीचकाे संघर्षमा सधै विधार्थी आन्दाेलन लाेकतन्त्रकाे पक्षमा रहेकाे बताउँदै कसैले लाेकतन्त्रमाथी धावा बाेल्छ भने विध्यार्थी आफ्नाे गर्विलाे ईतिहासकाे निरन्तरता दिँदै उचित जवाफ दिनुपर्ने बताउँनु भयाे । सम्मान कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पसका स्ववियुका नवनिर्वाचित अध्यक्ष प्रसिद्व रेग्मीले विध्यार्थीबीचमा रचनात्मक कार्य गर्ने र गणतन्त्रकाे विकल्प गणतन्त्र भएकाे बताउँनु भयाे । त्यस्तै हेटाैँडा बहुमुखी क्याम्पसका स्ववियुका नवनिर्वाचित अध्यक्ष अभि मैनालीले विध्यार्थीकाे अभिमतलाई आत्मसाथ गर्दै स्ववियुले जहिले विध्यार्थीकाे असल प्रतिनिधिकाे रूपमा काम गर्ने बताउनु भयाे । हेटाैँडा ४ नं. वडा कार्यालयले हेटाैँडा नगरभित्रका सामुदायिक क्याम्पसहरू मकवानपुर बहुमुखी क्याम्पस, हेटाैँडा बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, बंशगाेपाल बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यहरूलाई बधाई तथा सम्मान गरिएकाे वडा सचिव पुस्पराज पाैडेलले जानकारी दिनुभयाे ।

