कुलमानलाई हटाएको विरोधमा काठमाडौंमा ऊर्जामन्त्रीको पुत्ला जलाइयो

हेटौंडा टुडे
११ चैत्र २०८१, मंगलवार ११:०५

हेटौंडा। काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।

घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् भने सत्तारुढ दल कांग्रेसका महामन्त्रीले पनि घिसिङ हटाउने निर्णयको बिरोध गरेका छन् । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image