इटहरीस्थित सेन्टर प्लाजामा भिषण आगलागी, ७ जनाको उद्धार

हेटौंडा टुडे
१२ चैत्र २०८१, बुधबार १२:५०

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवनमा बुधबार बिहानदेखि आगो लागेको छ । सेन्टर प्लाजा नामले परिचित उक्त भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर निकाल्दै आगो निभाउने काम भइरहेको छ । केही मानिस अझै पनि उक्त भवनमा फसेको र उनीहरूको उद्धारका लागि सेनाको हेलिकप्टर जिकाइएको बुझिएको छ। इटहरी वडा नम्बर ६ मा पर्ने उक्त स्थानमा बिहान ९ बजेतिर बाट  आगलागी भएको थियो। इटहरी उपमहानगरपालिकाको दमकल र आसपासको दमकल आगो नियन्त्रणमा प्रयासरथ रहेको  र यता हेलिकोप्टर घटनास्थल पुगेको बुझिएको छ । आगलागीको कारण खुल्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image