फेसबुक, एक्स लगायतका सामाजिक सञ्जाल ३० दिनभित्र दर्ता नभए बन्द गर्ने सरकारको तयारी

हेटौंडा टुडे
१२ चैत्र २०८१, बुधबार १४:०६

हेटौंडा। सरकारले नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई नेपालमा सूचीकृत नभएमा सञ्चालनमा रोक लगाउने घोषणा गरेको छ । सूचना, प्रविधि तथा सञ्चार मन्त्रालयले मंगलबार सूचना जारी गर्दै आगामी ३० दिनभित्र नेपालमा सूचीकृत नहुने सामाजिक सञ्जाललाई सञ्चालनमा रोक लगाउने घोषणा गरेको हो । मन्त्रालयको सूचनाअनुसार अधिकांश नेपालीले प्रयोग गर्ने, फेसबुक, ट्वीटर, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरू नेपालमा सूचीकृत भएनन् भने बन्द हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image