हेटौंडा चौकिटोलमा देवरले गरे भाउजूको हत्या, दाइ घाइते

हेटौंडा टुडे
१३ चैत्र २०८१, बिहीबार १०:४९

हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१  चौकी टोलमा एक महिलाको हत्या भएको छ। स्थानीय ३५ वर्षीया गुडिया दासको हत्या भएको बुझिएको छ। आफ्नै देवरले खुकुरी प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताएका हुन । आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको भन्ने खवर प्रहरीलाइ आएपछी अनुसन्धान टोली खटि गई बुझ्दा मृतक जेठि भाउजुलाई आफ्नै देवरले हत्या गरेको प्रहरीले जनाएको छ । देवर रमेश दासले घरायसी विषयमा विवाद हुदा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै २८ को रुपेश दासलाई निजको भाई रमेशलेनै खुकुरी प्रहार गरी टाउको, दाहिने हात, करङको भागमा चोट लागी गम्भिर घाईते बनाएका छन् । रमेशलाई प्रहरीले रमेशलाई खुकुरी सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ । घाइते दासको भने हेटौंडाको शहकारी अस्पतालमा उपचार हुँदै छ ।

तीन दाजुभाइमध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएका थिए । ३ सन्तानकी आमा गुडियालाई राहुलले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार राति ९ बजे उनको हत्या भएको प्रहरीले थाहा पाएको थियो । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

हेटौंडामा तरकारी तथा फलफूलको थोक बजारमा बुबासँगै फलफूलको व्यवसाय गर्दै आएका रुपेश दासमाथि भाइले नै सांघातिक आक्रमण गर्नुका साथै जेठी भाउजुको समेत हत्या गर्नुको कारण स्पष्ट नभएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार राहुलले भाउजुको हत्या गरेको, दाइमाथि पनि सांघातिक आक्रमण गरेको स्वीकारेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image