
हेटौंडा। राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईलाई राजा फर्काउने जनआन्दोलन समितिको कमाण्डर बनाएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई फेरि राजगद्धीमा फर्काउने नाममा गठन भएको समितिले शुक्रबार हुन लागेको आन्दोलनका लागि प्रसाईंलाई कमान्डर तोकेको हो । बिहिबार चाबहिलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रसाईंलाई ‘कमान्डर’ तोकिएको जानकारी दिए ।
राजावादीले व्यवसायी प्रसाईंकै नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दैछन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनीहरूको प्रदर्शनका लागि तीनकुनेलाई स्थान तोकेको छ ।


सेयर गर्नुहोस्