मनहरीमा बस र म्याजिक ठोकिदा एक जनाको मृत्यु

हेटौंडा टुडे
१४ चैत्र २०८१, शुक्रबार १०:४२

हेटौंडा। मकवानपुरको मनहरीमा बस र म्याजिक ठोक्किदा  आज बिहान एक जनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ६ लोथरमा चितवनबाट हेटौडा तर्फ आउदै गरेको बागमती प्र ०३-००६ ख ५६८१ नम्बरको यात्रु बहाक बस र मनहरीबाट  चितवन तर्फ जादै गरेको बागमती प्र ०३-००१ च ३०१२ नम्बरको म्याजिक  एक आपसमा ठक्कर  खाई दुर्घटना हुदा म्याजिक गाडी चालकको मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । दुर्घटनामा गम्भीर घाइते म्याजिक चालको  राक्सिराङ – ४  घर भएका अन्दाजी ४२ वर्षीय सन्देश कोईरालाको उपचारको क्रममा चितवन स्थित चितवन मेडिकल कलेजमा ज्यान गएको जनाइएको छ ।
बस तथा चालकलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image