काठमाडौंमा आज दुईवटा प्रदर्शन हुने,गणतन्त्रवादी र राजावादी

हेटौंडा टुडे
१४ चैत्र २०८१, शुक्रबार १०:५६

हेटौंडा । काठमाडौंमा आज दुईवटा प्रदर्शन हुने भएका छन् ।  एउटा, गणतन्त्रवादीहरूको र अर्को राजावादीहरूको हो।  समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
समाजवादी मोर्चाले बबरमहल (पुलको छेउ), कुपण्डोल, त्रिपुरेश्वर चोक, सुन्धारा, न्युरोड, सोह्रखुट्टे, शान्तिबाटिका, मैतीदेवीबाट जुलुससहित प्रदर्शन गरेर भृकुटीमण्डपमा पुगेर दिउँसो १ बजे सभामा परिणत हुनेछ ।
त्यस्तै, नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै मिलेर तिनकुनेमा प्रदर्शन गर्न लागेको छ ।

त्यसो त गणतन्त्रवादी र राजावादी आपसमा चेतावनीकै तहमा उत्रिएका छन्। गणतन्त्रवादीहरूले बाटो नछेक्न र बढी नचल्मलाउन चेतावनी दिएको छ भने राजावादीहरूले पनि ‘क्रिया भए प्रतिक्रिया पनि हुने’ बताएका छन्।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image