
हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको छ। याे मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


सेयर गर्नुहोस्