
हेटौंडा । हेटौँडा क्षेत्रको वायु प्रदूषण अहिले अस्वस्थकर बन्दै गएको छ। हेटौंडा मात्र नभएर पुरै नेपाल नै यसबेला निकै प्रदूषित बन्दै गइरहेको छ। यतिबेला हेटौंडा बजार क्षेत्र धूवाँमा रुमलिएको छ । बाहिर निस्किदा आँखा पोल्ने, नाक पोल्ने र सुख्खा हुने, छाला फुट्ने लगायतका समस्या देखिन थालेको छ। यस्तो हुनुको कारण बढ्दो सवारी साधन, जताततै आगोलागीबाट उत्पन्न भएको धुवा,धूलो र समयमा पानी नपर्नु मुख्य कारण हो ।
अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्थान आईक्यु एयरका अनुसार हेटौँडाको वायु गुणस्तर सूचकांक १ सय ४८ पुगेको छ। संस्थानका अनुसार उक्त सूचकांक स्वास्थ्यका लागि जोखिमपूर्ण देखिएको छ। अहिले सूक्ष्म धूलो कणको मात्रा ५४.६ माइक्रोग्राम प्रति घनमीटर पुगेको आईक्यु एयरले जनाएको छ । यी धूलोका कणहरुले फोक्सोमा गहिरो रूपमा प्रवेश गर्न सक्छन्। यस्ले उच्च स्तरले दम, फोक्सो क्यान्सर, हृदयाघात, स्ट्रोक तथा अन्य दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। बाहिर निस्कनु परे मास्क र चस्माको अनिवार्य प्रयोग गर्न आग्रह गर्नुहोस। त्यसैले बाहिर निस्किदा ध्यान दियौँ र स्वस्थ रहौँ ।

