हेटौडाको हटियाका घटना: मकवानपुर प्रहरीद्वारा ७ जना सार्वजनिक

हेटौंडा टुडे
२१ चैत्र २०८१, शुक्रबार १०:५४

हेटौंडा। बुधबार बिहान धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती ८ भूवनचुलीमा घटनामा संलग्न ७ जनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ। बुधबार बिहान  बागमती गाउँपालिका-८ भुवनचुली देउडीभञ्ज्याङस्थित धरान-चतरा सडकको नालीमा हेटौंडा १६ का ३८ वर्षीय मिलन दंगाल मृत भेटिएका थिए।  घटनास्थलमा मृत अवस्थामा फेला पारेका दंगालको शव रगतले लतपतिएको, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेपछि घटना शंकास्पद देखिएपछि मकवानपुर प्रहरीले घटनालाई अनुसन्धानको दायरामा ल्याउन ७ जनालाई पक्राउ गरेको थियो।

उनीहरुलाई हत्या गरेको आसंकामा प्रहरीले चार जना सहिला सहित सात जनालाई पक्राउ गरेर जिल्ला अदालत मकवानपुरमा सात दिनका लागि म्याद थप गरेको छ । पक्राउ पर्नेमा बकैया गाउँपालिका-३ का ३६ वर्षीय प्रशान्त लामा, ललितपुरको गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानी, हेटौंडा १५ की  १९ वर्षीया सुस्मिता तामाङ, बारा निजगढ ३की १९ वर्षीया इनिसा तिमल्सिना, सिन्धुलीको मरिण गाउँपालिका-७ का २० वर्षीया शर्मिला मोक्तान तथा १९ वर्षीया रोजिना मोक्तान र मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६ का २८ वर्षीय सुजन पौडेल रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।

यता घटनास्थल पुगेका परिवार र आफन्तले घटनाको सत्य तथ्य छानबिन गर्नुपर्ने भन्दै धरान चतरा सडकखण्ड अवरुद्ध गरेका थिए । मकवानपुर प्रहरी प्रवक्ता अर्यालले घटनालाई मसिनो तरिकाले अनुसन्धान गरिएको, अन्य संलग्न छन कि छैनन् बारे अनुसन्धान भइरहेको र हत्याको कारण छिट्टै बाहिर आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image