
हेटौंडा। हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा केशव धिताल निर्वाचित भएका छन्। वनको शनिबार सम्पन्न मतदानको आइतबार बिहान सम्पन्न भएको मतगणना अनुसार धिताल निर्वाचित भएका हुन । हिजो खसेको मत अनुसार धितालले ५६२ मत प्राप्त गर्दा उनको प्रतिस्पर्धी नानीमाया रुम्बाले ४५३ मत प्राप्त गरेकी छिन्।


सेयर गर्नुहोस्