हेटौंडामा मोहीको मोह बढ्दो, यस्ता छन् मोहीका फाइदा

हेटौंडा टुडे
२५ चैत्र २०८१, मंगलवार ११:३६

हेटौंडा । हेटौंडामा पछिल्लो समय मोहीले बजार फस्टाइ रहेको छ ।  मोहीमा विभिन्न पोषण तत्व पाइने भएकाले यसले पाचन प्रणाली, शरीरलाई स्वस्थ र तन्दुरुस्त बनाउन मद्दत गर्दछ। मोही स्वादिलो त हुने नै भयो, स्वस्थ्यकर पनि । मोहीका अनेक गुण छन्, जसबाट हाम्रो स्वास्थ्य लाभान्वित हुन्छ । मोही गर्मी मौसमका लागि स्वास्थ्यवर्द्धक पेय पदार्थ हो । यस्ले गर्मीमा शितलता प्रदान गराउदछ। पोषणविद्का अनुसार मोहीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्व हुन्छ ।  मोही पिउनाले हड्डीको विकासमा सहायता गर्छ । हिजो आज हेटौंडामा मोहीको धेरै खपत भइरहेको छ।हेटौंडा बजार क्षेत्रमा मही मकवानपुरगढी, भिमफेदी, बकैया, मनहरी लगायतका क्षेत्रबाट आउने गरेको छ । पहिले चिसो पेय पदार्थको हेटौंडामा धेरैनै बिक्री हुने गरेको भएपनि अहिले भने मोहीको बिक्री धेरै बढेको छ । चिसो पेय पदार्थको तुलनामा मोही निकै स्वस्थकर रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

गर्मीसंगै चिसो मोहिको स्वादमा अहिले मान्छेहरु रमाउन थालिएको छ। हेटौंडामा भोज, भतेर, पार्टी तथा शुभकार्यमा अन्य पेय पदार्थसँगै मोहीले पनि प्राथमिकता पाउन थालेको छ । उपयुक्त तापक्रम कायम गरी राखेमा महीको आयु मोटामोटी साताभर मात्रै हुने भएकोले यसलाई कसरी लामो समयसम्म राख्न सकिन्छ भनेर पत्ता लगाउन बाकि छ। मही तातोपनमा राखेमा छिटो नै अमिलो हुने र ग्राहकले पनि अमिलो महीको गुनासो गर्ने व्यवासायीहरूको भनाइ छ । गर्मीका लागि चिसो छल्न उपयुक्त स्वस्थ्य पेय पदार्थका रुपमा महीलाई लिन थालिएको छ । पोषणविद्का अनुसार महीमा क्याल्सियम, माइक्रो प्रोटिन लगायतका पोषण तत्व हुन्छ । मही पिउनाले हड्डीको विकासमा सहायता गर्छ ।

मोही पिउँदाका फाइदा 

.मोहीमा पर्याप्त मात्रामा क्याल्सियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ,

.शरीरमा पोलेको भाग छ भने तुरुन्त मोही लगाउँदा आराम मिल्छ ,

.कपाल झर्ने समस्यामा पनि मोही उत्तिकै उपयोगी हुन्छ । यसको लागि बासी मोहीले हप्तामा दुई दिन कपाल पखालेमा सिल्की र चम्किलो बनाउने गर्दछ ।

.गुलाबको जरालाई मोहीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोरको समस्या कम हुन्छ,

.बिहान–साँझ मोही पिउँदा स्मरण शक्ति तेज हुन्छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image