फेरी बढ्यो सुनको मूल्य

हेटौंडा टुडे
२६ चैत्र २०८१, बुधबार ११:१८

हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँ पुगेको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँ रहेको थियो ।

यसैगरी बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर १ हजार ८३५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image