
मकवानपुरको बकैया गाउपालिका वडा नम्बर – ३ चिसापानी बजार स्थित धरान चतरा सडक खण्डमा सिन्धुलीबाट हेटौडा तर्फ आउदै गरेको बा.प्र.०६-००१ ख ०२७० नं. को भिमफेदी गाउँपालिका कृषी तथा पशु शाखा भिमफेदी अगुवा कृषक भ्रमणको रिजर्भ बस दुर्घटना भनेको छ । बस घुम्तिमा अचानक दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ । बसमा के कति सवार रहेको भन्ने यकिन खबर नभएको घाइतेहरु सबैको उद्वार गरी हेटौडा अस्पताल पठाएको र घटनाको थप विबरण आउन बाकि रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


सेयर गर्नुहोस्