रानी सामुदायिक वनका पदाधिकारी द्वारा शपथ लिए

हेटौंडा टुडे
२७ चैत्र २०८१, बिहीबार ११:०७

हेटाैडा । हेटाैडा – ६ चाैघडामा रहेकाे रानी सामुदायिक  वन उपभोक्ता  समूहका नवनिर्वाचित  पदाधिकारीहरुले पद तथा गाेपनियताकाे शपथ लिएका छन्। निर्वाचन समितिका संयाेजक अर्जुनप्रसाद  चाैलागाईले नवनिर्वाचित  पदाधिकारीहरुलाई पद तथा गाेपनियताकाे शपथ गराएका हुन् । चैत २३ गते सम्पन्न भएकाे निर्वाचनमा अध्यक्षमा कृशव धिताल, उपाध्यक्षमा  महेन्द्रकुमार श्रेष्ठ , सचिवमा अमुना  सापकोटा , सहसचिवमा हेम बहादुर याेञ्जन र काेषाध्यक्षमा  गाेमा लामिछाने  निर्वाचित भएका थिए ।

यसैगरि सदस्यहरुमा सूर्यप्रसाद  दुलाल, पूर्णभद्र चाैलागाई, केदारप्रसाद  अधिकारी , बाबुराम तामाङ ,अनिता सापकोटा , लक्ष्मीदेवी श्रेष्ठ , जाेगमाया राई र विष्णु  पिश्वकर्मा निर्वाचित भएका थिए । हेटाैडा ६ का वठा अध्यक्ष  विष्णुबहादुर  दाहालकाे प्रमुख आतिथ्यता एवम निर्वाचन समिति संयाेजक अर्जुनप्रसाद  चाैलागाईकाे सभाध्यक्षतामा कार्यक्रम  भएकाे थियाे ।

कार्यक्रममा  हेटाैडा ६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , सव डिभिजन वन कार्यालय, हेटाैडाकी सविना रिजाल, निर्वाचन समिति सदस्य रामहरि चाैलागाई, साधुराम चाैलागाई, चुच्चेखाेला सामुदायिक  वनका अध्यक्ष  लक्ष्मण कटुवाल, न्यूरेनी चिसापानी  सामुदायिक  वनका अध्यक्ष  प्रकाश कार्की , जनकल्याण  साकाेसका अध्यक्ष  हिमाल पाैडेल, चाैघडा  साकाेसका अध्यक्ष  विजयकुमार श्रेष्ठ, कामधेनु सहकारीका अध्यक्ष  उदय बिडारी, नवजीझ ज्याेति क्लबका अध्यक्ष  राजकुमार बास्ताेला, विभिन्न  संघसंस्थाका प्रतिनिधि, महिला समूह, उपभोक्ताको सहभागीता थियाे ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु

preload imagepreload image