
हेटौंडा । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवन खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ ।अहिलेसम्म ३ खेल खेलेको चितवन दुई जीत र एक बराबरीसँगै ७ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै समान खेलमा एक जीत र दुई बराबरी खेलेको ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा छ ।
तेस्रो संस्करणको एनएसएल फुटबलमा ललितपुर, काठमाण्डौ, पोखरा, बुटवल लुम्बिनी, धनगढी, झापा र चितवन गरी सात टोली सहभागी छन् । प्रतियोगिताको फाइनल खेल वैशाख १३ गते हुनेछ ।


सेयर गर्नुहोस्